एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षकलाई सारथी अस्पतालको साथ

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षकलाई सारथी अस्पतालको साथ

धनगढी । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा धनगढीको सारथी अस्पतालले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको तेस्रो संस्करणमा सारथी अस्पतालले प्रायोजन गरेर साथ दिएको हो । अघिल्ला दुई संस्करणमा पनि धनगढीमा रहेको सारथी अस्पतालले प्रायोजन गरेको थियो ।

स्पोर्टस अवार्डमा दिईने ८ वटा विधा मध्येको बर्ष प्रशिक्षक विधालाई सारथीले प्रायोजन गरेको हो । अब यो विधाको नाम सारथी अस्पताल बर्ष प्रशिक्षक रहने छ । यो विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ । विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदीप पाठकले हस्ताक्षर गरे ।

अवार्डमा सुरुदेखि जोडिएकोले यसपाली पनि विधा प्रायोजन गरेर सहकार्य गर्दै खेलकुद क्षेत्रलाई साथ दिएको सारथी अस्पतालका अध्यक्ष जोशीले बताए । उनले स्वास्थ्य र खेलकुद एक अर्कासँग जोडिएको र यस्ता कार्यक्रमले खेलाडीहरुको प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

धनगढीको मुख्य बजार स्थित प्रदेश सभा छेउमा सञ्चालनमा रहेको अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । धनगढीमा सारथी अस्पताल स्थापना भएको तीन बर्ष हुन लागेको छ । अस्पतालले नवजात शिशु तथा बालरोग सेवा, हाडजोर्नी तथा नसा रोग सेवा, जनरल मेडिसिन (फिजिसियन) सेवा, जनरल तथा दुरबिन बाट अप्रेशन सेवा, स्त्री तथा प्रसुती रोग सेवा, भिडियो एक्स-रे (रेडियोलोजी) सेवा, मानसिक तथा नशा रोग सेवा, मुख, अनुहार तथा बङ्गारा रोग सेवा, नाक कान घाँटी रोग सेवा, छाला कुष्ठरोग सौन्दर्य तथा यौन रोग सेवा, मृगौला तथा मुत्र रोग सेवा, न्युरो मस्तिष्क नशा तथा मेरुदण्ड रोग सेवा, एनेस्थेसिया तथा क्रिटिकल केयर सेवा लगायतका सेवाहरु प्रदान गरिरहेको छ ।  

अत्याधुनिक सबै प्रकारका स्वास्थ्य सेवा दिदै आएको सारथी अस्पतालकोे सिफारिसमा मुटुका विरामीहरुको निशुल्क शल्यक्रिया पनि भईरहेको छ । काठमाण्डौंको बाँसबारीमा रहेको मनमोहन कार्डियो भाष्कुलर सेन्टर थेरापीमा वडाको सिफारिसका साथमा धनगढीको सारथी अस्पतालको सिफारिस भएमा निशुल्क शल्यक्रिया हुदैं आएको हो ।

मुटुको भल्भ फेर्नुपर्ने विरामीहरुको डाक्टर भगवान कोईरालाको पहलमा निशुल्क शल्यक्रिया भईरहेको र यसबाट सुदुरपश्चिम क्षेत्रका मुटुरोगीहरु लाभान्विन भईरहेको सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशीले बताए । उनका अनुसार जन्मेदेखि १५ बर्षसम्मका विरामीहरुको निशुल्क शल्यक्रिया हुनुका साथै अति गरीब भएको प्रमाण भएमा त्यसमा आतेजाते भाडा पनि पाउने व्यवस्था रहेको छ ।

१६ देखि ४० बर्षसम्मका विरामीहरुको शल्इक्रिया पनि निशुल्क भए पनि रगतको विसिआर गर्नका लागि लाग्ने शुल्क जुन रकम ५० देखि ७० हजार सम्म लाग्ने गर्दछ, त्यो मात्रै तिर्नुपर्छ । ५० बर्षदेखि माथिका लागि सबै निशुल्क रहेको छ । 

सारथी अस्पतालले लायन्स क्लब अफ सारथीको सहकार्यमा मुटु शिविर सञ्चालन भएपछि यहाँका विरामीहरुलाई राहत दिन थालिएको हो । गत मंसीरदेखि सुरु भएको सेवा अन्तर्गत हालसम्म १०५ जनाको निशुल्क शल्यक्रिया गरिएको सारथी अस्पतालका अध्यक्ष जोशीले बताए ।

उनले मुटुरोगीहरुलाई अस्प्तालमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् । विरामीहरुलाई राहत होस भन्नका लागि सेवा थालिएको बताउँदै उनले धनगढीको अस्पताल लाईनमा रहेको अस्पतालमै आएर वा आफ्नो मोबाईल नम्बर ९८५८४२४००९ मा सम्पर्क गरी सेवाको लाथ उठाउन मुटुरोगीहरुलाई आग्रह समेत गरेका छन् । 

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । प्रबद्र्धकमा धनगढी उपमहानगरपालिका र राष्ट्रिय खेलकुद परिषद रहेका छन् ।

त्यस्तै बर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र बर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । बर्ष युवा खेलाडीलाई निर्ग अस्पताल र सुदुरपश्चिम आईकन महिला विधालाई मेरो रेडिमेड उद्योगले प्रायोजन गरेको छ । यस्तै अवार्डको सह–प्रायोजकमा केल्मी र नवजीवन को–अपरेटिभ्स रहेको छ । 

विभिन्न ८ विधामा दिईने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भईरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ । 

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।