१३ छात्रालाई बलात्कार गर्ने एक शिक्षकलाई मृत्युदण्डको सजाय

१३ छात्रालाई बलात्कार गर्ने एक शिक्षकलाई मृत्युदण्डको सजाय

इण्डोनेसियामा १३ जना छात्रालाई बलात्कार गर्ने एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ ।इण्डोनेशियाको वेष्ट जाभा प्रान्तको वाङडुङ शहरमा रहेको उच्च अदालतले बलात्कारको आरोपमा दोषी ठहर गर्दै इस्लामिक विद्यालयको शिक्षकलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

शिक्षक हेरी विरावनले १३ छात्राको बलात्कार गरेको अदालतको ठहर छ । सन् २०१६ र २०२१ को बीचमा हेरिले १२ देखि १६ वर्षीया १३ छात्रालाई बलात्कार गरेको र यी मध्ये ८ जना गर्भवती समेत बनेको जनाइएको छ ।

यसअघि गत फेब्रुअरी महिनामा तल्लो अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएपनि अभियोजक पक्षले मृत्युदण्डको सजाय हुनुपर्ने भन्दै उच्च अदालतमा पुनरावेदन गरेको थियो । अदालतको यो फैसलामाथि पुनरावेदन गर्ने वा नगर्ने विषयमा शिक्षकका वकिलले कुनै टिप्पणी गरेका छैनन् ।