श्रीलंकाका अर्थमन्त्रीले नियुक्त भएको २४ घण्टा नबित्दै दिए राजीनामा

श्रीलंकाका अर्थमन्त्रीले नियुक्त भएको २४ घण्टा नबित्दै दिए राजीनामा

श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली साब्रीले २४ घण्टा नबित्दै राजीनामा दिएका छन् ।

सोमबार एकै पटक २६ जना मन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति गोटाबाया राजापाक्षले ४ जना नयाँ मन्त्री नियुक्त गरेका थिए ।

यसअघि न्याय मन्त्रीको जिम्मेवारीमा रहेका साब्रीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

यसअघि आइतबार राष्ट्रपति गोटाभायाले आफ्नै भाइसमेत रहेका बासिल राजापाक्षलाई अर्थमन्त्रीबाट बर्खास्त गरेका थिए ।