ट्राफिक पुलिस आफ द मन्थ अवार्ड बाट हेमराज जोशी सम्मानित

ट्राफिक पुलिस आफ द मन्थ अवार्ड बाट हेमराज जोशी सम्मानित

धनगढी /  सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया तथा मातहतका उत्कृष्ट कार्य सम्पादन गर्ने ट्राफिक प्रहरी कर्मचारीहरु सम्मानित भएका छन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले मातहतका समेत कार्यालयका कर्मचारीको कार्य मुल्याङ्कन गर्दै उत्कृष्ट कर्मचारी लाई नगद सहित सम्मान गरे हो ।

मंगलवार एक कार्यक्रम आयोजना गर्दै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रबिण धितालले प्र.ज. हेमराज जोशी र प्र.ह.खडक बहादुर ऐर लाई सम्मान गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया तथा मातहत समेतमा उत्कृष्ट कार्य सम्पादन गर्ने ट्राफिक प्रहरी कर्मचारीहरु मध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्र.ज. हेमराज जोशी र प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा कार्यरत प्र.ह. खडक बहादुर ऐर लाई २०७८ साल माघ र फागुन महिनाको ट्राफिक पुलिस आफ द मन्थ अवार्ड र नगद पुरस्कार प्रदान गरिएको छ ।