राजस्थान पनि पराजित : आईपीएल

राजस्थान पनि पराजित : आईपीएल

इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले  दोस्रो जित हासिल गरेको छ । 

गएराति भएको खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको हो। 

१७० रनको विजयी लक्ष्य पछ्याएको बैंगलोरले १९।१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । बैंगलोरको जितमा  विकेटकिपर दीनेश कार्तिकले  सर्वाघिक ४४ रन बनाए ।  

शहबाज अहमदले २६ बलमा ४५ तथा दिनेश कार्तिकले २३ बलमा अविजित रहँदै ४४ रन बनाए । पूर्व कप्तान विराट कोहलीले भने मात्र ५ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले २–२ विकेट लिए । 

यसअघि मुम्बईको वानखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाउँदै १६९ रनको योगफल तयार पारेको थियो । 

राजस्थानका ओपनर जोस बटलरले ४७ बलमा अविजित रहँदै ७० रन बनाए ।  शिम्रन हेटमायरले ३१ बलमा अविजित रहँदै ४२ रनको योगदान गरे । 

बेंगलोरका डेविड विल्ली, वानिन्दु हसरंगा र हर्षल पटेलले समान १ विकेट लिए ।

बैंगलोरको यो दोस्रो जित हो भने राजस्थानको पहिलो हार हो ।

अंक तालिका अहिलेसम्म ३ खेलबाट ४ अंकको राजस्थान शीर्ष स्थानमा कायमै रहेको छ । ३ खेलबाट ४ अंककै कोलकाता नाइट राइडर्स दोस्रो स्थानमा छ । 

अहिलेसम्मको एकमात्र अपराजित टिम गुजरात टाइटान्स २ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ । 

पंजाब किंग्स, लखनउ सुपर जाइन्टस र बैंगलोरको समान ४–४ अंक छ । 

दिल्ली क्यापिटल्सको २ खेलबाट २ अंक छ । 

आईपीएलका सबैभन्दा सफल टिमहरु चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्ससहित सनराइजर्स हैदराबादले अंकको खाता खोलेका छैनन् । 

आज बेलुकी कोलकाता र मुम्बईबीच पुनेमा खेल हुनेछ ।