भारत नियन्त्रित कश्मीरमा २ आक्रमणकारीको मृत्यु

भारत नियन्त्रित कश्मीरमा २ आक्रमणकारीको मृत्यु

भारत नियन्त्रित काश्मिरमा गोली हानाहान हुँदा दुई जना आक्रमणकारीको मृत्यु भएको छ। बुधबार  गोली हानाहानमा दुई आतङ्ककारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

भारतीय नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट करिब ४४ किलोमिटर दक्षिणमा रहेको पुलवामा जिल्लाको त्राल क्षेत्रमा गोली हानाहान भएको प्रहरीले जनाएको छ। 

विद्रोहीसँगको भिडन्तमा सरकारी फौजलाई कुनै क्षति नभएको प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार सरकारी सेनाले विशेष गुप्तचर सूचनाका आधारमा क्षेत्रलाई घेराबन्दी गरेको थियो।