युक्रेनको ‘बुचा हत्या’को भारतद्वारा निन्दा, स्वतन्त्र छानबिन गर्न माग

युक्रेनको ‘बुचा हत्या’को भारतद्वारा निन्दा, स्वतन्त्र छानबिन गर्न माग

भारतले युक्रेनको बुचामा भएको हत्याको ‘स्पष्ट रूपमा निन्दा’ गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को मंगलबारको बैठकमा भारतले बुचा हत्या एकदम चिन्ताजनक भएको भन्दै स्वतन्त्र छानबिन गर्न पनि माग गरेको छ ।

संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले युक्रेनको खराब अवस्थाबारे गहिरो चिन्ता व्यक्त गर्दै हिंसा र शत्रुताको तत्काल अन्त्य गर्न माग गरेका हुन् ।

संयुक्त राष्ट्रसंघको बैठकमा भारतले बुचा हत्याकाण्डमाथि गरेको निन्दा रुसले युक्रेनमा आक्रमण गरेपछिको सबैभन्दा कडा बयान हो । दिल्ली अहिलेसम्म रुसी कदमको निन्दा गर्ने राष्ट्रसंघीय मतदानबाट भने टाढै छ ।

बुचामा हत्या गरिएका सर्वसाधारणको शवको तस्बिरले संसारलाई स्तब्ध बनाएको छ । बीबीसीबाट ।