कुखुराले गरे स्यालको शिकार !

कुखुराले गरे स्यालको शिकार !

स्यालले कुखुरा मारेर खानु त सामान्य कुरा हो । तर कुखुराले स्याल मारेको कतै सुन्नु भएको छ रु पक्कै पनि छैन होला । तर, फ्रान्समा भएको छ यस्तै ।

पश्चिमोत्तर फ्रान्समा कुखुराको भिडमा छिरेको स्यालको एक बच्चालाई कुखुराहरुले घेरा हालेर मारेका छन् । यो घटना फ्रान्सको ब्रिटिनी क्षेत्रको हो ।

कुखुरा फार्मका प्रमुख पास्कल डेनियलले कुखुरा राखिएको स्थानमा अटोमेटिक ढोका राखेका थिए, जहाँ स्याल भित्र घुस्नासाथ ढोका बन्द भयो ।

कुखुराहरुले ठाने हाम्रो क्षेत्रमा कुनै दुश्मन छिर्यो । त्यसपछि उनीहरु एकजुट भएर ठुंग्न थाले । केहीबेरमै स्यालको बच्चा मर्यो । फार्ममा करिब ३ हजार कुखुराहरु थिए ।

डेनियलका अनुसार कुखुराले स्याल मारेको कुरा अर्को दिन थाहा भयो । जब एउटा कुनामा स्याल मरेको भेटियो । त्यसको उमेर करिब ६ महिनाको थियो ।

सो कुखुरा फार्म पाँच एकड जग्गामा फैलिएको छ र यसमा ६ हजार कुखुरा राख्न सक्ने क्षमता छ ।