'अब धनगढी दौडीन्छ', हाफ म्याराथुनको तयारी पूरा

'अब धनगढी दौडीन्छ', हाफ म्याराथुनको तयारी पूरा

धनगढी । चैत २६ गते धनगढीमा आयोजना हुने ‘अब धनगढी दौडिन्छ’ को तयारी पूरा भएको छ । नयाँ वर्षको पुर्व सन्ध्यामा 'मुख्यमन्त्री जेसिज एभरेस्ट धनगढी हाफ म्याराथुन २०२२' को आठौ संस्करण हुन लागेको हो ।

‘अब धनगढी दौडिन्छ’ कार्यक्रम हाफ म्याराथन दौड प्रतियोगिता हो । धनगढीमा बिहीबारआयोजक धनगढी जेसिजले पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । प्रतियोगिताका संयोजक महेश्वर ओझाले चैत २६ गते धनगढीमा आयोजना हुने  ‘अब धनगढी दौडिन्छ’ को तयारी पूरा भएको बताए ।

उनले धनगढी रंगशालाबाट शुरु हुने दौड प्रतियोगिता २१ दशमलव १ किलोमिटरको हुने बताए । संयोजक ओझाका अनुसार उनले २१ दशमलव १ किलोमिटरको खुला दौड, ५ किलोमिटरको कर्पोरेट र सञ्चार तथा ५ किलोमिटरकै ट्राइसाकल रेस आयोजना गरिने जनाईएको छ ।

दौड प्रतियोगितामा खुलातर्फ प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ, दोस्रो ३३ हजार ३ सय ३३ रुपैयाँ र तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ पाउने छन् ।

यसैगरी कर्पोरेट र सञ्चारतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोजक धनगढी जेसिजका अध्यक्ष भुवन पाण्डेयले बताए ।

यसैगरी कर्पोरेट र सञ्चार, महिला, विद्यार्थी हरुलाई पनि पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोजक धनगढी जेसिजका अध्यक्ष भुवन पाण्डेयले बताए । यसैगरी र ट्राई साइकल रेसमा सहभागी हुने सबैलाई पुरस्कारको ब्यवस्था गरीएको आयोजकले जनाएको छ ।