सुदूरपश्चिम प्रदेश सरकारले पनि मनायो विश्व स्वास्थ्य दिवस, स्वास्थ्य अवस्था सुधारोन्मुख

सुदूरपश्चिम प्रदेश सरकारले पनि मनायो विश्व स्वास्थ्य दिवस, स्वास्थ्य अवस्था सुधारोन्मुख

धनगढी । 'स्वच्छ वातावरण, स्वस्थ नेपाली' भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेश सरकारले पनि विश्व स्वास्थ्य दिवस मनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा धनगढीमा बिहीबार एक कार्यक्रम गर्दै  प्रदेश सरकारले विश्व स्वास्थ्य दिवस मनाएको हो । 

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछानेले अहिले पछिल्लो समय रुख बिरुवा लगाउन छोडेर घरमा एसी जोड्ने प्रवृत्तिले वातावरणमा झन् प्रभाव परेको बताउनुभयो । 

यस्तै, सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक राज्यमन्त्री मना कुमारी साउँदले सरकारले स्वास्थ्य क्षेत्रमा लगानी गरिरहेको भए पनि अझै प्रदेशका नौ जिल्लाहरूमा महिलाहरूको स्वास्थ्य अवस्था सुधार गर्न नसकिएको र महिला तथा बालबालिकाको स्वास्थ्य अवस्था सुधार गर्न चुनौतीका रुपमा नै रहेको बताउनुभयो । 

यसै गरी, कार्यक्रममा बाल्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लाल ब. खड्काले स्वास्थ्य क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारको अवस्था सुधारोन्मुख रहेको बताउनुभयो । 

उक्त कार्यक्रम सुदूरपश्चिम प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा सम्बन्धित कार्यालयका प्रमुख, स्वतथ्यकर्मी एवम् सरोकारवालाहरूको सहभागिता रहेको थियो ।