पदमा हुँदासम्म प्रधानमन्त्रीको समेत शिर उच्च हुने गरी काम गर्न प्रतिबद्ध छु: पर्यटन मन्त्री आले

पदमा हुँदासम्म प्रधानमन्त्रीको समेत शिर उच्च हुने गरी काम गर्न प्रतिबद्ध छु: पर्यटन मन्त्री आले

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आजबाट फारवेष्ट ट्राभल मार्ट २०२२ सुरु भएको छ । पर्यटकीय सम्भावनाको उजागर, बजारीकरण गर्ने र पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले मार्ट आयोजना गरिएको हो । मार्टको आज एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उद्घाटन गरेका गर्नुभएको छ । नेपाल पर्यटन बोर्ड र धनगढी उप-महानगरपालिकाको आर्थिक सहयोगमा नाटा सुदूरपश्चिमले धनगढी स्थित रुबस होटेलमा मार्ट आयोजना गरेको हो । 

कार्यक्रममा बोल्दै नाटा सुदूरपश्चिम प्रदेशका अध्यक्ष माया प्रकाश भट्टले कार्यक्रममा सहभागी भारतीय अतिथिहरुलाई एक दिन सुदूरपश्चिम घुम्न र आफ्ना संघ संस्थाहरूमार्फत एक दिन नेपालका लागी अर्थात् वन डे फर सुदूरपश्चिम राखी प्रचार प्रसार गरिदिन आग्रह गर्नुभएको छ । भने मार्टको मुख्य उद्देश्य भनेकै बढ्दै गएको पर्यटकहरूलाई, रारा आएका पर्यटक हरूलाई खप्तड कसरी पुगाउन सकिन्छ भनी बाटो खोज्ने बताउनुभयो । 

यस्तै, सुदूरपश्चिम प्रदेशको मात्र उप-महानगरपालिका धनगढी उप-महानगरपालिकाका मेयर नृप ब. वडले सुदूरपश्चिम प्रदेशको पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्नको निम्ति धनगढी लगायत सुदूरपश्चिम प्रदेशका सबै विमानस्थलहरूलाई व्यवस्थित गर्न प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आले लाई आग्रह गर्नुभएको छ । भने सुदूरपश्चिमको प्रमुख प्रर्यटक भारतीय प्रर्यटक नै भएको हुँदा तिनको लागी यहाँ घुम्न सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । 

त्यस्तै, नेकपा एकीकृत समाजवादीका नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री  प्रेम आलेले सुदूरपश्चिम प्रदेशको पर्यटन विकासका लागी लागी परेको र त्यो सँग-सँगै धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने अन्य सुदूरका सबै जिल्लाहरूमा एयरपोर्ट पिच गर्ने तथा अन्य विषयमा आफ्नो पद रहिरहेसम्म प्रधानमन्त्रीको समेत शिर उच्च हुने गरी काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । भने उहाँले सुदूरपश्चिमको धनगढीमा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापनाले पर्यटन विकास गर्न मार्गदर्शन प्राप्त भएको समेत बताउनु भएको छ । 

यसै गरी, फरक प्रसङ्गमा बोल्दै मन्त्री आलेले आगामी स्थानीय तहको निर्वाचनमा एमालेको पत्ता साप गर्ने दाबी समेत गर्नुभएको छ । सो मार्टमा नेपाल–भारतका सरोकारवालाहरूको सहभागिता रहेको छ ।  आजदेखि २७ गतेसम्म प्रथम पर्यटक अन्तर्राष्ट्रिय स्तरको ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ को आयोजना हुनेछ ।