‘अब धनगढी दौडिन्छ’ को प्रथम् उपाधी एपीएफ नेपालका पार्की र दोस्रो नेपाल आर्मीका जोशी लाई

‘अब धनगढी दौडिन्छ’ को प्रथम् उपाधी एपीएफ नेपालका पार्की  र दोस्रो नेपाल आर्मीका जोशी लाई

धनगढी । ‘अब धनगढी दौडिन्छ’ मुख्यमत्री जेसिज एभरेस्ट धनगढी हाफ म्याराथुन २०२२ु को आठौ संस्करणमा  एपीएफ नेपालका डोटी घर भएका गोपी चन्द्र पार्की र दोस्रो स्थान नेपाल आर्मी बाट मोहन देब जोशीले हासिल गरेका छन्। 

खुल्ला तर्फबाट २१.१ किलोमीटर को दुरी १ घन्टा  ७ मिनेटको समयमा पार गरि पहिलो स्थान हासिल गर्न एपीएफ नेपालका डोटी घर भएका गोपी चन्द्र पार्की सफल भएका छन् । त्यसैगरि दोस्रो स्थान नेपाल आर्मी बाट मोहन देब जोशीले हासिल गरेका छन् । उनले ,१ घन्टा १२ मिनेट ५२ सेकेन्ड मा २१.१ किलोमीटर को दुरी पार गरेका हुन् । 

दौड प्रतियोगितामा खुलातर्फ प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ, दोस्रो ३३ हजार ३ सय ३३ रुपैयाँ र तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ पाउने छन् ।यसैगरी कर्पोरेट र सञ्चारतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोजक धनगढी जेसिजले जानकारी दिएको छ  । 

यसैगरी कर्पोरेट र सञ्चार, महिला, विद्यार्थी हरुलाई पनि पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्  । र ट्राई साइकल रेसमा सहभागी हुने सबैलाई पुरस्कारको समेत ब्यवस्था गरीएको छ ।