आर्थिक संकट भोगिरहेको श्रीलंकाका पेट्रोल पम्पहरु अप्रिलको अन्त्यसम्म रित्तिने

आर्थिक संकट भोगिरहेको श्रीलंकाका पेट्रोल पम्पहरु अप्रिलको अन्त्यसम्म रित्तिने

 धनगढी ।  आर्थिक संकट र इन्धनको चरम अभाव भोगिरहेको श्रीलंकाका पेट्रोल पम्पहरु अप्रिल महिनाको अन्त्यसम्म रित्तिने भएको छ । 

भारतले तेल खरिदका लागि दिएको ५०० मिलियन डलर सकिन थालेकाले यो महिनाको अन्तिमसम्म श्रीलंकाका सबै पेट्रोल पम्पहरु रित्तिने पेस ट्रस्ट अफ इन्डियाले जनाएको हो । 


अधिकारीहरुका अनुसार श्रीलंकामा इन्धन ढुवानी अप्रिल १ बाट सुरु हुने भनिए पनि परिस्थितिको अत्यावश्यकताका कारण मार्चको अन्त्यमै आउन थालेको थियो । 

तीन थप भारतीय ढुवानी अप्रिल १५, १६ र १८ मा हुनेछ र श्रीलंका सरकारले भारतबाट थप विस्तारका लागि आग्रह नगरेसम्म इन्धन ढुवानीको सुविधा पूर्ण रुपमा समाप्त हुने अधिकारीहरुले बताएका छन् । 

श्रीलंकामा सार्वजनिक यातायात र थर्मल पावर प्लान्ट सञ्चालनका लागि डिजेलको प्रयोग अधिक हुने गर्छ ।