अब वास्तविक विवरणको आधारमा मात्र नेपाल टेलिकमको सिमकार्ड पाईने

अब वास्तविक विवरणको आधारमा मात्र नेपाल टेलिकमको सिमकार्ड पाईने

धनगढी । नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकका सिमकार्ड तथा रिमकार्डहरु बिक्री वितरण गर्दा केवाईसी (KYC) फारम भरेर मात्र वितरण गर्न निर्देशन दिएको छ ।

 नेपाल दुरसञ्चार प्राधिकरणको अनुगमन महाशाखाले सूचना जारी गर्दै रितपूर्वक नभरी र नियमानुसार कागजातहरु रुजु नगरी सेवा प्रदायकहरुबाट सिमकार्ड तथा रिमकार्ड बिक्री वितरण भइरहेको पाइएकोले नियम अनुसार गर्न आग्रह गरेको हो । 


साथै, प्राधिकरणले आफ्नै वास्तविक विवरणको आधारमा मात्र सिमकार्ड तथा रिमकार्ड खरिद गर्न ग्राहकहरुलाई आग्रह गरेको छ । प्राधिकरणले सूचनाविपरित सिमकार्ड तथा रिमकार्ड बिक्रीवितरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत जनाएको छ ।