एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः चैत २९ गते रिद्धिसिद्धि प्यालेसमा हुने

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः चैत २९ गते रिद्धिसिद्धि प्यालेसमा हुने

धनगढी । धनगढीमा हुने तेस्रो ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ को तयारी अन्तिम चरणमा पुगेको छ । धनगढीमा हुने कार्यक्रम चैत २९ गते धनगढीको रातोपुलमा रहेको रिद्धिसिद्धी पार्टी प्यालेसमा हुने भएको छ । विभिन्न कार्यक्रम गर्नका लागि उपयुक्त रहेको रिद्धिसिद्धि पार्टी प्यालेसले अवार्डलाई साथ दिएको छ । अवार्डमा प्यालेस भेनु पार्टनरको रुपमा रहनेछ । 

प्रायोजन सम्बन्धी सम्झौता पत्रमा रिद्धिसिद्धी पार्टी प्यालेसका प्रबन्ध निर्देशक प्रकाश जप्रेल र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले हस्ताक्षर गरे ।नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ ।

‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’ को तेस्रो संस्करणको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । प्रबद्र्धकमा धनगढी उपमहानगरपालिका र राष्ट्रिय खेलकुद परिषद रहेका छन् ।

त्यस्तै बर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र बर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ ।

बर्ष युवा खेलाडीलाई निसर्ग अस्पताल बर्ष प्रशिक्षकलाई सारथी अस्पताल, सुदुरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल,  सुदुरपश्चिम आईकन महिला विधालाई मेरो रेडिमेड उद्योगले प्रायोजन गरेको छ ।