सुदूरपश्चिम स्पोर्टस अवार्डलाई ठाकुर एग्रो इन्ड्रष्टिजको साथ

सुदूरपश्चिम स्पोर्टस अवार्डलाई ठाकुर एग्रो इन्ड्रष्टिजको साथ

धनगढी । धनगढीमा हुने तेस्रो ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई ठाकुर एग्रो ईन्ड्रष्टिजले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डमा ठाकुरले सह–प्रायोजकको रुपमा साथ दिएको हो ।

विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा ठाकुर एग्रो ईन्ड्रष्टिजका प्रबन्ध निर्देशक हरि शंकर ठाकुर र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दिपक उपाध्यायले हस्ताक्षर गरे ।

विभिन्न ८ विधामा दिइने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भइरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।