पाकिस्तानका प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुने

पाकिस्तानका प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुने

पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुने भएको छ । जियो न्यूजका अनुसार आज दोस्रो पटकको नेशनल एसेम्बलीको बैठक शुरु भएको छ । यसअघि बिहान ११ बजेर १५ मिनेटमा संसद्को बैठक सुरु भएको थियो ।

बैठकमा इमरान खान संसदमा उपस्थित थिएनन् । विपक्षी नेता शाहबाज शरीफ र इमरान सरकारका मन्त्री शाह महमूद कुरैशीले एकअर्कामाथि कडा प्रहार गरेका छन् ।

सभामुख असद कैसरले विदेशी षड्यन्त्रको विषयमा चर्चा गरेपछि प्रतिपक्ष झडप भएको थियो  । त्यसपछि सभामुख कैसरले बैठक स्थगित गरेका थिए ।

प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपतिलेसम्स्द विघटन गरेपछि सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै आजको लागि अविश्वास प्रस्तावमा मतदान गर्न निर्देशन दिएको थियो ।

पाकिस्तानी संसदमा प्रधानमन्त्री खान अल्पमतमा रहेको देखिएको छ । उनलाई यसअघि समर्थन गरेका दलले विपक्षीलाइ समर्थन गरेपछि उनी अल्पमतमा परेका थिए ।