सुदूरपश्चिम प्रदेशमा मन्त्रीमण्डल फेरबदलमा सत्ता गठबन्धन भित्र असन्तुष्टि

सुदूरपश्चिम प्रदेशमा मन्त्रीमण्डल फेरबदलमा सत्ता गठबन्धन भित्र असन्तुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा अचानक गरिएको मन्त्रीमण्डल फेरबदलमा सत्ता गठबन्धनभित्र असन्तुष्टि देखिएको छ। 

शुक्रबार मध्यरातिदेखि आचारसंहिता लागू हुने र त्यसअघि सरकारमा सहभागी नगराए स्थानीय निर्वाचनमा गठबन्धन नगर्ने भन्दै कांग्रेसले चेतावनी दिएपछि एकाएक काँग्रेसमा सरकारमा सहभागी गराइएको हो।

सबैभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादीभित्र पार्टीले सरकारको नेतृत्वका लागि पहल नगरेको, ६ महिनाअघि मात्रै मन्त्री भएकाहरूलाई हटाएको र थपिएका मन्त्रीहरूमा पनि एक जना महिला नराखिएको भन्दै असन्तुष्टी बढेको हो।

शुक्रबार नेकपा एकीकृत समाजवादीले आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र सामाजिक विकासमन्त्री लालबहादुर खड्कालाई हटाएर। आन्तरिक मामिलामा कांग्रेसका रणबहादुर रावल र सामाजिक विकासमन्त्रीमा कांग्रेसकै गोविन्दराज बोहरालाई नियुक्त गरिएको छ। 

त्यस्तै, सामाजिक विकास राज्यमन्त्री रहेकी मनकुमारी साउदको स्थानमा कांग्रेसका टेकबहादुर रैका नियुक्त भएका छन्। तर, समाजवादीभित्र आर्थिक मामिलामन्त्री तारा लामा तामाङ को ठाउमा समाजवादीकै प्रकाशबहादुर रावललाई मन्त्री बनाएपछि असन्तुष्टि बढेको हो।

नेकपा हुँदादेखि नै मन्त्री भएकाहरू भने अहिले पार्टी विभाजन भएर समाजवादी भएपछि पनि मन्त्री पदमा छन्।