नेपालमा पछिल्लो २४ घण्टामा चार जनामा कोरोना संक्रमण : ४८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा चार जनामा कोरोना संक्रमण : ४८ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नोपालमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी दुई हजार सात सय ४० जनाको नमुना परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै थप ४८ जना कोरोना सङ्क्रमणबाट निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ९२ जनामा झरेको छ । यही अवधिमा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । 

यसबीच २४ घण्टामा २० हजार आठ सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।