कैलालीकी एक महिलाले हसिया प्रहार गरी गरिन श्रीमानको हत्या , आफै पुगिन प्रहरी समक्ष

कैलालीकी एक महिलाले हसिया प्रहार गरी  गरिन श्रीमानको हत्या , आफै पुगिन प्रहरी समक्ष

धनगढी । कैलालीकी एक महिला ले आफ्नै श्रीमान को हत्या गरेकी छिन ।

जिल्ला को मोहन्याल गाउँपालीका १ राक्सा कि ३२ बर्ष की थुमा थापामगरले  ४३ बर्ष का आफ्नै श्रीमान नारायण मगर को हसिया प्रहार गरी हत्या गरेकी हुन् ।

हत्या गरेर उनले आफै प्रहरी कार्यालय पण्डौन कैलालीमा आएर मैले हत्या गरेको भनेर आईतबार राती १२ बजेको समयमा आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय कैलाली का प्रवक्ता एवं डीएसपी वेद प्रकाश जोशी ले जानकारी दिए ।

उक्त घटनास्थल सम्म पुग्न ४/५ घण्टा लाग्ने भएकोले विस्तृत विवरण आउन बाकी रहेको  प्रवक्ता जोशी ले बताए ।