नेपालमा थप २२ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ५६८

नेपालमा थप २२ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ५६८

पछिल्लो २४ घन्टामा थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । ५१४४ नमूनाको परीक्षण गर्दा २२ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार सोही समयमा थप ४६ जना कोरोनामुक्त भएका छन्। 

हाल ५६८ जना कोरोना संक्रमित रहेका छन्। पछिल्लो २४ घन्टामा थप १५ हजार ३५५ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।