इमरान खानका सल्लाहकारहरुलाई देश छोड्न प्रतिवन्ध

इमरान खानका सल्लाहकारहरुलाई देश छोड्न प्रतिवन्ध

पाकिस्तानको संघीय अनुसन्धान एजेन्सीले पूर्व प्रधानमन्त्री इमरान खानका सल्लाहकार तथा मुख्य सचिवहरुलाई देश भन्दा बाहिर जान प्रतिवन्ध लगाएको छ ।

अनुसन्धान एजेन्सीले निकालेको सुची अनुसार इमरान खानका मुख्य सल्लाहकारको रुपमा परिचित शेहेवाज गिल , शेहेजाद अकबरसँग सँगै पूर्वमुख्य सचिव आजम खान, पटिआई सामाजिक संजाल प्रमुख अर्सलान खालिद र मोहम्मद रिजवान साथै पंजाब डायरेक्टर जनरल गौहर नासिफलाई देश छोड्नबाट प्रतिवन्ध लगाइएको छ ।

एग्जिट कन्ट्रोल लिस्ट मार्फत उनीहरुलाई देश छोड्न बाट रोक्न अधिक समय लाग्ने भए पश्चात अनुसन्धान एजेन्सीले ‘नो फ्लाई लिस्ट’ सार्वजनिक गर्दै उनीहरुलाई देश छोड्नबाट प्रतिवन्ध लगाएको हो ।

इमरान खान पदमुक्त भएसँगै आज पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयन हुने बताइएको छ भने विपक्षी दल पिएमएलनका नेता शेहेवाज सरिफ पाकिस्तानका नयाँ प्रधानमन्त्रीको रुपमा चयन हुने प्रबल सम्भावना रहेको बताइएको छ ।