पछिल्लो २४ घन्टामा १९ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४७१५ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो । सोही समयमा ४९ जना कोरोनामुक्त भएका छन् ।
बुधबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५६ हजार ७ सय ३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल कोरोना सक्रिय संक्रमितको संख्या ५२० रहेको छ।