देउवा भन्छ्न; कुनै हालतमा पछि हट्दिन, गुरुङ्ग भन्छन; पार्टिको निर्णय स्विकार छ

देउवा भन्छ्न; कुनै हालतमा पछि हट्दिन, गुरुङ्ग भन्छन; पार्टिको निर्णय स्विकार छ

डडेल्धुरा : यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा बिभिन्न पदका आकाङ्क्षीहरुलाई पार्टी बाट टिकट पाउन भ्याई नभ्याई छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरु टिकट पाउन आ-आफ्नो स्तर र आ-आफ्नो पार्टिका नेताहरु सङ्ग लबिङ गरिरहेका छ्न । 
आलिताल गाउपालिकाको अध्यक्ष पदका  लागि पनि नेपाली काङ्ग्रेसले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला समेत रहेको डडेल्धुराको आलिताल गाउपालिकाको अध्यक्ष पदका लागि नेपाली काङ्ग्रेसबाट अध्यक्षका लागि  अघिल्लो चुनावमा नेपाली काङ्ग्रेस पार्टीबाटै विजयी भएका गाउपालिकाका अध्यक्ष रहेका बलबहादुर गुरुङ्ग र नेपाली काङ्ग्रेस आलितालका नेता धनबहादुर देउवा गरि  दुई जना आकाङ्क्षीहरु देखिएका छ्न। गाउपालिका अध्यक्षको उम्मेदवारीका बिषयमा कुराकानी गर्दा अध्यक्ष गुरुङ्गले आगामी चुनावमा  पार्टीले जे निर्णय गर्छ त्यही स्विकार गर्ने बताएका छ्न ।आफुले जनचाहना अनुरुप काम गरेको र पार्टीले बिश्वास गरि  जिम्मेवारी  दिए फेरि पनि स्विकार्दै अघि बढ्ने  उनको भनाई रहेको छ । 
 तर नेपाली काङ्ग्रेसको पार्टी भित्र   असन्तुष्ट समूहले आसन्न निर्वाचनमा ‘बागी’ उम्मेदवारी दिने तयारी गरिरहेको भनि संञ्चार माध्यममा समाचार आएपछि अध्यक्ष पदमा उम्मेदवारी  दाबी गरिरहेका आलिताल काङ्ग्रेस नेता धनबहादुर देउवाले सामाजिक संजालमा विज्ञप्ति जारी गर्दै आफू कुनै पनि हालतमा पछि नहट्ने बताएका छ्न।
विज्ञप्ति उनले भनेका छन आफु बागि उमेदवार नभएर पार्टीको आधिकारिक उमेदवार हुने र जितेर देखाउने दाबी समेत गरेका छन् ।


नेता देउवाले समाजिक संजालमा लेखेको  विज्ञप्ति यस्तो छ :

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा डडेल्धुराको आलिताल गाउँपालिकाको अध्यक्षमा काँग्रेसका बागी उम्मेदवार भनेर मेरो नाम जोडिएको समाचार विभिन्न सञ्चार माध्ययममा आएको बारे म बागी उम्मेदवार नभएर पार्टीको आधिकारिक उम्मेदवार हुने स्पष्ट पार्न चाहान्छु । म आलिताल गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस पार्टीबाट उम्मेदवार हुनका लागि निरन्तर रुपमा यहाँका मतदाता पार्टीका नेताहरुसंग छलफलमा रहेको जानकारी गराउन चाहान्छु । 

सम्भावित उम्मेदवारहरु आफ्नो पार्टी भित्र लविङ गरिरहेको यहाँहरुलाई जानकारी नै छ । त्यसका लागि मैले नेपाली काँग्रेसका केन्द्रीय सभापति श्रदय नेता श्री शेरबहादुर देउवा संग पनि आफ्नो कुरा राखिसकेको जानकारी गराउन चाहान्छु । २०७४ सालमा भएको चुनावमा पनि म आलिताल गाउँपाललिकाको अध्यक्ष पदको टिकटको आकांक्षी थिए । त्यसबेला पार्टीका नेताहरुबाट अर्को चुनावमा टिकट दिने तथा टिकट पाएका उम्मेदवारलाई जिताउन गरेको आग्रहलाई मानेर चुनावी कार्यक्रममा सहभागि भएर नेताहरुले दिएको जिम्मेवारी पुरा गरेको स्मरण गराउन चाहान्छु । 

म विगत लामो समयबाट नेपाली काँग्रेस पार्टीको राजनीतिमा सहभागि छु । पटक पटक काँग्रेसका नेताहरुले गरेको आग्रहलाई मान्दै आएको र यसपाली आलिताल गाउँपालिकाको अध्यक्ष पदको टिकटको दावेदार हुँ । यहाँका मतदाता र तमाम पार्टीका कार्यकर्ता साथिहरुको आग्रहले म गाउँपालिकाको अध्यक्ष पदमा लड्नै पर्ने अवस्थामा पुगेको छु । म कुनै पनि हालतमा अध्यक्षको टिकटको दावेदारीबाट पछाडी नहट्ने तथा आलिताल गाउँपालिकाको अध्यक्षमा प्रतिस्पर्धा गर्ने र विजयी हुने समेत यहाँहरु समक्ष वाचा गर्दछु । 
जय नेपाल
धनबहादुर देउवा
आलिताल गाउँपालिका अध्यक्ष पदका दाबेदार।