नेपालमा ३ हजार ३४२ जनामा कोरोना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि

नेपालमा ३ हजार ३४२ जनामा कोरोना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि

नेपालमा बिहीबार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर तीन हजार ३४२ जनामा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार २०४ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा हाल ४७९ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।