अमेरिकाले दिने ८० अर्ब अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

अमेरिकाले दिने ८० अर्ब अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सूचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकायबाट प्राप्त हुने करिब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

यस्तै,सरकारले फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनाको लागि कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाको करिब २८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ ।