चन्द नेतृत्वको नेकपा र गृहमन्त्रीबीच चुनावमा सहभागिताबारे छलफल

चन्द नेतृत्वको नेकपा र गृहमन्त्रीबीच चुनावमा सहभागिताबारे छलफल

गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच स्थानीय तह निर्वाचनमा नेकपाको सहभागिताबारे छलफल भएको छ ।

भेटमा नेता विश्वकर्माले आफूहरू निर्वाचनमा सहभागी हुन सकारात्मक रहेको बताएका छन् । निर्वाचनमा सहभागिताका लागि नेकपाले विभिन्न आरोपमा जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहाइ गर्नुपर्ने र लगाइएका मुद्दा फिर्ता लिनुपर्ने माग राखिरहेको छ ।

यही विषयमा पटक–पटक भएका वार्ता सकारात्मक रहेकाले सहमतिको अन्तिम चरणमा पुगेको दुवै पक्षले बताएका छन् । सरकारले कानुन बमोजिम फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया आरम्भ गरेपछि वार्ता सरकारात्मक बनेर सहमतिको नजिक पुगेको हो ।

छलफलमामा गृहमन्त्री खाँणले कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको बताए।