नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर १४ जना कोभिड–१९ संक्रमित थपिएका छन् । तीन हजार ९०३ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा देशभर ५५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनका सक्रिय संक्रमितको संख्या ४३८ छ ।

नेपालमा हालसम्म पीसीआर परीक्षणबाट नौ लाख ७८ हजार ६४८ जना र एन्टिजेन विधिबाट एक लाख ४० हजार १५८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।