स्थानीय चुनाव तयारीलाई कांग्रेसले सात उपसमिति गठन गर्ने

स्थानीय चुनाव तयारीलाई कांग्रेसले सात उपसमिति गठन गर्ने

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि सात वटा उपसमिति गठन गर्ने भएको छ । उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन परिचालन समिति मातहत रहने गरी सात उपसमिति बनाउन लागिएको हो।

आज सानेपामा बसेको बैठकले सात उपसमिति गठन गर्ने निर्णय गरेको छ । केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार स्थानीय चुनावमा केन्द्रीय प्रतिनिधिसहित सातै प्रदेशबाट पालिकास्तरमा प्रतिनिधि खटिनेछन्। यी प्रतिनिधिले जिल्लामा तथा पालिकामा देखिने समस्या हल गर्न भूमिका खेल्नेछन्।

कांग्रेसले भातृ संघसंस्था समन्वय तथा परिचालन उपसमिति, शुभेच्छुक संघसंस्था उपसमिति, जिल्ला सम्बद्ध उपसमिति, विदेशस्थित उपसमिति, अनुगमन तथा मूल्यांकन उपसमिति, निर्वाचन सुरक्षा निकाय उपसमिति, आचारसंहिता अनुगमन तथा निर्वाचन उपसमिति गठन गर्ने निर्णय गरेको महरले जानकारी दिए ।

आजको बैठकमा गठबन्धनलाई थप प्रभावकारी बनाएर लैजाने विषयमा पनि छलफल भएको थियो। कांग्रेसले आठ जना सहमहामन्त्रीहरूलाई प्रदेश र जिल्लाबीच समन्वय गर्ने जिम्मेवारी पनि दिने भएको छ।