माओवादी अध्यक्ष प्रचण्ड भन्छन्-'चुनावी गठबन्धन गाह्रो, माधव नेपालसँग पनि सजिलो छैन'

माओवादी अध्यक्ष प्रचण्ड भन्छन्-'चुनावी गठबन्धन गाह्रो, माधव नेपालसँग पनि सजिलो छैन'

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी तालमेल सहज नभएको स्वीकार गरेका छन् । शुक्रबार बिहान खुमलटारमा बसेको पूर्वस्थायी कमिटी र प्रदेश इन्चार्जहरूको बैठकमा प्रचण्डले गठबन्धनका दलले आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको भन्दै सजिलो नभएको बताएका हुन् । 

प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग गठबन्धन सजिलो होला कि भन्ने ठानेको भए पनि त्यति सजिलो नहुने रिपोर्ट आएको ब्रिफिङ गरेको एक नेताले जानकारी दिए । उनले सबै ठाउँमा गठबन्धन हुने अवस्था नरहेको भन्दै गठबन्धनका दलहरू नै एक अर्काबीच प्रतिष्पर्धा हुनसक्ने बताएका थिए ।

“सबै दलसँग चुनावी गठबन्धन गाह्रो छ  । माधव नेपालसँग अलिक सजिलो होला कि भनेको त, उहाँसँग पनि सजिलो नभएकै रिपोर्ट आइरहेको छ । नेपाली कांग्रेससँग त गाह्रो छँदै छ । चुनावमा सबैले आफ्नो आफ्नो बलियो दाबेदारी प्रस्तुत गरिरहेका छन्,” प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने ।