कैलालीमा जसपाले तोड्यो गठबन्धन, बन्यो चार दलीय मोर्चा

कैलालीमा जसपाले तोड्यो गठबन्धन, बन्यो चार दलीय मोर्चा

धनगढी । जनता समाजवादी पार्टी (जसपा) ले कैलालीका स्थानीय तहमा सत्ता गठबन्धनसँग चुनावी तालमेल नगर्ने भएको छ ।

जसपाले पाँच दलीय गठबन्धन तोडेर लोकतान्त्रिक समाजवादी पार्टी कैलाली, नेपाल लोकतान्त्रिक पार्टी कैलाली र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कैलालीसँग तालमेल गर्ने निर्णय गरेको हो । 

शनिबार कैलालीको धनगढीमा चार दलले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने बताएका हुन् ।

पाँच दलीय गठबन्धनले अन्य दलसँग चुनावी तालमेल गर्न नपाइने नीति बनाएपनि जसपाले कैलालीमा तोडेको हो । लोसपाको जिल्ला अध्यक्ष कृष्ण चौधरी,जसपाको जिल्ला अध्यक्ष गया प्रसाद चौधरी, नेपाल लोकतान्त्रिक पार्टी कैलालीका जिल्ला अध्यक्ष माधव थारु र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय उपाध्यक्ष केन्द्रीय उपाध्यक्षले सहमति पक्षमा हस्ताक्षर गरेका छन् ।