सुदूरपश्चिमका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई प्रशिक्षण

सुदूरपश्चिमका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई प्रशिक्षण

धनगढी । निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन सञ्चालन तथा व्यवस्थापनबारे प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिएको छ । प्रदेश निर्वाचन कार्यालयको आयोजनामा स्थानीय तह निर्वाचन २०७९ लाई सफल बनाउन धनगढीमा शुक्रबार सो प्रशिक्षण कार्यक्रम गरिएको हो ।

कार्यक्रमको निर्वाचन आयुक्त डाक्टर जानकी तुलाधरले ल्यापटपको बटन थिच्दै ब्यानरको उद्घाटन गर्दै कार्यक्रम शुरु भएको जानकारी दिएकी थिइन् । सो अवसरमा बोल्दै उनले लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्वपूर्ण भुमिका खेल्ने बताइन् ।

‘संघिय शासन प्रणालीमा जनताको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय तह नै हो’ उनले भनिन् –‘आउँदो ३० गते हुन लागेको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वासिलो, भयरहित ढंगले सम्पन्न गर्न हामी सबैको दायित्व र कर्तव्य रहेको छ ।’ 

उनले स्थानीय तह सञ्चालन र व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारीमुख्यनिर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रहेको बताइन् । उनले यहाँ (मतदान अधिकृतरसहायक निर्वाचन अधिकृत) हरुको अनुभव र सुझावलाई आयोगले सधै ग्रहण गर्ने बताइन् ।

उनले सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार एक सय ५० मतदाता रहेको र मतदान केन्द्र दुई हजार एक सय तीन रहेको बताइन् । उनले निर्वाचनको सुरुवातदेखि नै गर्नुपर्ने कुराहरूको सबैले मनन गर्नुपर्ने बताइन् ।कार्यक्रममा प्रदेशका नौ वटै जिल्लाका ८८ वटा स्थानीय तहमा खटिएका मतदान अधिकृत र सहायक निर्वाचन अधिकृतको सहभागिता रहेको थियो ।