धनगढीको मेयर पदमा काँग्रेसबाट महराको दाबी

धनगढीको मेयर पदमा काँग्रेसबाट महराको दाबी

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयर पदका लागि नेपाली काँग्रेसबाट कृष्णबहादुर महराले इच्छा देखाएका छन् ।

हाल महाधिवेशन प्रतिनिधि रहेका उनले नगर कार्यसमितिले मागे अनुसार मेयरको उम्मेदवार बन्न सिफरिसका लागि निवेदन दिएका छन् । काँग्रेसमा २०३६ सालदेखि सक्रिय महरा २०३८ सालमा क्रियाशील सदस्य बनेका थिए।

२०५४ सालमा धनगढीको वडा नम्बर ५ मा वडाअध्यक्ष समेत बनेका उनले आफूलाई नै आधिकारिक उम्मेदवार बनाउन काँग्रेस नगर समितिलाई आग्रह गरेका छन्।