माओवादीले चुनाव हार्दा मुलुक हार्छ : अध्यक्ष प्रचण्ड

माओवादीले चुनाव हार्दा मुलुक हार्छ : अध्यक्ष प्रचण्ड

नेकपा (माओबादी केन्द्र) का अध्यक्ष तथा पूुर्ब प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले जिम्मेवारी दिएमा मुुलुुकको हितमा आफनो कर्तब्य पुुरा गरेर छाडने बताउनुभएको छ । निर्वाचनमा माओवादी पार्टी हार्दा मुलुक हार्ने उहाँले दावी गर्नुभयो ।  

अध्यक्ष प्रचण्डले माओबादी जनताका लागि लडेको बताउँदै सबैको अग्रगामी परिबर्तनका लागि लडेको चर्चा गर्नुभयो । नेकपा (माओबादी केन्द्र) नवलपुुरले आज दलदलेमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै अध्यक्ष प्रचण्डले सो कुुरा बताउनुभयो । 

अहिले पनि केही शक्तिहरु संबिधान उल्टाउन लागिपरेकाले संबिधानको रक्षाका लागि गाउँ गाउँ गएर यसको महत्व बुुझाउन कार्यकर्तालाई आग्रह गर्नुुभयो । यो चुुनाब हाम्रा लागि लडाई हो, हामी जित्दा देशले जित्छ, हार्दा देशले हार्छ उहाँले भन्नुभयो । “बिगतमा हामीले गरेका गल्तीहरुलाई स्वीकारेर जनताकाबीचमा आएका छौं, यो निर्बाचनमा माओबादीले हार्यो भने गणतन्त्र हार्छ । गणतन्त्र हार्दा महिला, जनजाती अपाङ्गता भएका सबै बर्ग हार्छन् ।” 

माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो, “बिगतमा हामीले धेरै मिहेनत र त्याग गरेर संबिधान ल्ययाौं, देशलाई संघीय लोकतान्त्रिक निर्बाचनतर्फ लैजाने काम माओबादीले गरेको हो ।” 

पार्टी प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका जिल्लाभरिका अगुुवा कार्यकर्ताहरुको सहभागिता थियो ।