कैलाली र कञ्चनपुरमा १२२ वर्षयताकै गर्मी, सतर्कता अपनाउन आग्रह

कैलाली र कञ्चनपुरमा १२२ वर्षयताकै गर्मी, सतर्कता अपनाउन आग्रह

धनगढी । तराईका जिल्लामा आगामी तीन दिन अत्यधिक गर्मी भई (हिट वेब) तातो हावा चल्ने पूर्वानुमान गरिएको छ । वैशाख ५, ६ र ७ गते तराईमा लूको सम्भावना देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शाखाले जारी गरेको अभिलेखअनुसार देशका ७ स्थानमा वैशाख शुरु नहुँदै ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले नेपालमा हिट वेब ‘लू’ शुरु भइसकेकोले सबै नागरिकहरुले सचेत रहन आवश्यक रहेको बताए ।

उनले एक सय २२ वर्षपछि गत मार्चमा नेपालको सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा अहिलेसम्मकै बढी तापक्रम रेकर्ड भएको बताए ।

वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेशनले पनि नेपालको पश्चिमी भागमा अत्याधिक तापक्रम वृद्धि हुँदै गएको तथ्यांक निकालेकाले सतर्कता अपनाउन उनले आग्रह गरे।