सत्तारुढ गठबन्धनको भागबण्डाविरुद्ध कांग्रेस जिल्ला पार्टी कार्यालयमा तालाबन्दी

सत्तारुढ गठबन्धनको भागबण्डाविरुद्ध कांग्रेस जिल्ला पार्टी कार्यालयमा तालाबन्दी

नेपाली कांग्रेस मकवानपुरको कार्यालयमा तालाबन्दी गरिएको छ ।

५ दलीय गठबन्धनले हेटौंडा उपमहानगरपालिका नेकपा एकीकृत समाजवादीलाई दिन लागेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले हेटौंडा–२ मा रहेको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाको पदाधिकारी तथा १९ वटै वडाध्यक्षको बैठक चलिरहेको समयमा कार्यालयमा तालाबन्दी भएको छ ।

केन्द्रीयस्तरमा गठबन्धनबारे छलफल जारी रहँदा हेटौंडाको मेयर नेकपा एकीकृत समाजवादीले पाउने चर्चा हुन थालेपछि असन्तुष्ट भएका कार्यकर्ताले तालाबन्दी गरेका छन् ।