छोराको हत्यापछि आमाद्वारा आत्महत्या

छोराको हत्यापछि आमाद्वारा आत्महत्या

धनगढी : कैलालीको बर्दगोरीया गाउँपालिका–२, कुम्भीयामा एक महिलाले छोराको हत्या पछि आत्महत्या गरेकी छन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २१ वर्षीया सीतादेवी डगौरा थारुले साढे चार वर्षका छोरा संकेतको हत्या गरेर आत्महत्या गरेकी हुन ।

‘सोमवार दिउसो सीताले छोराको हत्या गरेर आत्महत्या गरेको भन्ने कुरा जानकारी आएको छ ।’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक हरि बहादुर वलीले भने, ‘आत्महत्या नै हो भन्न सकिदैन । शकास्पद व्यक्तिसग सोधपुछ गरिरहेका छौ ।’

उनले आमा छोरा दुवैको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा लगिएको र पोष्टमार्टम रिपोर्टपछि सवै कुरा खुल्ने जानकारी दिए । 

मृतकका श्रीमान लालबहादुर डगौरा थारुले भने आमा छोराको शव ढोका लगाएर झुण्डिएको अवस्थामा फेला परेको बताएका छन । उनीहरुले ५ वर्ष अगाढी विहे गरेको बताईएको छ ।