डोटीमा एक पुरुष मृत फेला

डोटीमा एक पुरुष मृत फेला

डोटी । डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पूर्वीचौकी गाउँपालिका–७ पोखरी बस्ने ५५ वर्षीय दिलबहादुर बडेला मृत फेला परेका हुन्।

वैशाख २ गतेदेखि बेपत्ता भएका उनको शव सोही वडाको दाडीया भिरमुनि सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

उनको खोजी गर्ने क्रममा उक्त भिरमा उनको शव फेला परेको हो। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।