सुदूरपश्चिममा थपिए २६ मतदान स्थल, कुन जिल्लामा कति ?

सुदूरपश्चिममा थपिए २६ मतदान स्थल, कुन जिल्लामा कति ?

डोटी । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २६ मतदान स्थल थपिएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रदेशका नौ जिल्लामा अब एक हजार १३५ मतदान स्थल कायम भएका छन् । यसअघिको निर्वाचनमा सुदूरपश्चिममा एक हजार १०९ मतदान स्थल रहेका थिए ।

सबैभन्दा बढी मतदानस्थल बैतडीमा थपिएका छन् । यहाँ गत निर्वाचन भन्दा नौ मतदान स्थल थप भएका छन् । गत निर्वाचनमा बैतडीमा १२० मतदानस्थल रहेकामा यस वर्ष १२९ कायम गरिएको छ ।

यस्तै बझाङमा आठ मतदान स्थल थपिएका छन् । यस जिल्लामा गत निर्वाचनमा १२५ मतदान स्थल रहेकामा यस पटक १३३ कायम गरिएको छ । कैलालीमा पाँच स्थल थप भएका छन् । गत निर्वाचनमा कैलालीमा २३१ स्थान रहेकामा हाल २३५ स्थान रहेका छन् ।

डडेल्धुरामा तीन मतदान स्थल थप भएका छन् । जिल्लामा यसअघि ७७ स्थल रहेकामा यसवर्ष ८० पुर्‍याइएको छ । अछाममा एउटा मतदानस्थल थप भएको छ । यसअघि अछाममा १२९ मतदान स्थल रहेकामा हाल १३० भएका छन् ।

डोटी, कञ्चनपुर, बाजुरा र दार्चुलामा भने मतदान स्थलमा थपघट भएको छैन । डोटीमा ११५, कञ्चनपुरमा १३२, बाजुरामा ७० र दार्चुलामा ११० मतदान स्थलहरु रहेका निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।