नेकपा एसको स्थानीय निर्वाचन घोषणापत्र : प्रत्येक घरलाई २ सय युनिट बिजुली निःशुल्क

नेकपा एसको स्थानीय निर्वाचन घोषणापत्र : प्रत्येक घरलाई २ सय युनिट बिजुली निःशुल्क

नेकपा एकीकृत समाजवादी (एस) पार्टीले स्थानीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलवार सार्वजनिक घोषणापत्रमा प्रत्येक घरलाई २०० युनिट बिजुली निःशुल्क दिने उल्लेख छ ।

घोषणापत्रमा भनिएको छ, ‘स्थानीय सरकारमार्फत हरेक घर परिवारलाई वार्षिक रूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिइनेछ । यसका लागि संघीय र प्रदेश तहका सरकारसँग आवश्यक समन्वय गरिनेछ ।’

घोषणापत्रमा प्रत्येक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराइने समेत उल्लेख छ ।