पल शाह प्रकरण : किशोरीका बुबाले पनि फेरे बयान

पल शाह प्रकरण : किशोरीका बुबाले पनि फेरे बयान

काठमाडौं । अभिनेता पल शाह प्रकरणमा पीडित किशोरीका बुबाले पनि बयान फेरेका छन् ।

जिल्ला अदालत तनहुँमा भएको बकपत्रमा उनले पहिले सरकारी वकिल समक्ष गराएको बयान भन्दा केही फरक बयान दिएका हुन्।

‘अरु सबै कुरा उस्तै छ तर अन्तिम तिर उहाँले पछि बुझ्दा खेरी जबर्जस्ती करणी गरेको रहेनछ भनेर बयान दिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ।

अदालतले अभिनेता शाहलाई चैत १० गते पूर्पक्षको लागि थुनामा पठाएको थियो।