गन्यापधुराको अध्यक्षमा नेकपा एसबाट दुई जनाको नाम सिफारिस

गन्यापधुराको अध्यक्षमा नेकपा एसबाट दुई जनाको नाम सिफारिस

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारका लागि नेकपा एकीकृत समाजवादीले दुई जनाको नाम सिफारिस गरेको छ ।

यही बैशाख ३० गते हुने निर्वाचनका लागि पालिकाको अध्यक्षका लागि एकीकृत समाजवादीले दुई जनाको नाम सिफारिस गरेको हो । 

जिल्ला कमिटीले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नरबहादुर बिष्ट र पश्चिम सेती निर्माणका अभियानकर्ता तथा बोलन्या थलीका संयोजक यादव जोशीको नाम प्रदेश कमिटीलाई सिफारिस गरेको हो।

अब प्रदेश कमिटीले दुईमध्ये एकजनालाई छनोट गरी टिकटका लागि सिफारिस गर्नेछ ।