स्थानीय निर्वाचन: कैलालीमा ४ सुरक्षा निकायको निगरानी, ५२ मतदान स्थल अति संवेदनशील

स्थानीय निर्वाचन: कैलालीमा ४ सुरक्षा निकायको निगरानी, ५२ मतदान स्थल अति संवेदनशील

धनगढी । कैलालीमा यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको  निर्वाचनलाई भय रहित र स्वतन्त्र रूपले सफल पार्न ४ वटा सुरक्षा निकायले निगरानी गर्ने भएका छन् । भने जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लाभरका ५२ वटा मतदान स्थललाई सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मतदान स्थलको सूचिमा राखेको छ ।  

प्रदेशको अस्थायी राजधानी र भारत सँग समेत सीमा जोडिएको जिल्ला भएकोले पनि यहाँको सुरक्षा व्यवस्था र निर्वाचन समया अवधिलाई पृथक् ढङ्गले हेर्ने गरिन्छ ।  

सोही सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै आसन्न स्थानीय निर्वाचनको लागी जिल्ला प्रशासन कार्यालय कैलालीले पनि सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । मतदान स्थलहरूमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी गरी ४ वटा सुरक्षा निकायहरू को टोलीले निगरानी गर्ने कैलाली प्रशासनले जनाएको छ ।  

स्थानीय निर्वाचन २०७९ लाई लक्षित गर्दै कैलाली जिल्लाभर  ५२ वटा मतदान स्थल अति संम्बेदनशिल, संवेदनशील १ सय ३१ वटा  र सामान्य ५३ वटा मतदान स्थलहरू निर्धारण गरिएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । प्रत्येक पालिकामा बाहिरी घेरामा ३५ जनको नेपाली सेनाको टोली रहने जोशीले भनाई छ । 

जोशीका अनुसार,  “प्रत्येक निर्वाचन केन्द्रमा संवेदन सिलमा ३ जना म्यादी सहित ८ देखी ९ जना, अति संवेदनशील ठाउँमा ५ जना प्रहरी सहितको टोली र सामान्यमा २ जना प्रहरी र ४ जना म्यादी पहरीको टाली रहने छ ।”

त्यस्तै,  सशस्त्र प्रहरीको हकमा डिएसपीको कमाण्डमा तिन ओटा मोबाइल टोली अन्तरगत २७ जना रहने छन् । भने प्रत्येक नगरपालिकामा ५ देखी ३ जना सम्मको स्टकिङ्ग फोर्स राखिएको जोशीले बताए । 

उनले भने, “इन्स्पेक्टरको कमाण्डमा २ ओटा मोबाइल टोली र एउटा टकिंग फोर्स छ । कम्तीमा २ ओटा मोबाइल टोलीहरू प्रत्येक गाउँपालिका जान्छ ।”

यस्तै, जिल्लाभरि डिएसपीको कमाण्डमा ५ वटा टोली रहने र जसमा करिब १७५ जना रहने छन् । यो टोली आवश्यकता अनुसार परिचालन गरिने र मुख्य निर्वाचन कार्यालयमा ५÷५ जनाको टोली निर्वाचन अधिकृतको सुरक्षाको लागी खटाइएको जोशीले बताए । 

त्यस्तै, एसपीको कमाण्डमा १० जनको टिम अनुगमनको लागी तयार पारिएको छ । भने आवश्यक परे विशेष अधिकार सहित र सुरक्षाकर्मी सहितको टोली पनि उप-सचिव तथा अफिसरले नेतृत्व गर्ने गरी व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए । 

कैलाली जिल्लाको हकमा २ लाख ५६ हजार १ सय ४ जना पुरुष, २ लाख ६९ हजार १० जना महिला र  ११ जना अन्य गरी जम्मा ५ लाख २५ हजार १२५ जना मतदाता रहेका छन् । भने यसमा नयाँ थपिने मतदातामा पुरुष ३२ हजार ५ सय ९५, महिला ३१ हजार ९ सय ४९ र अन्य ३ जना गरी ६४ हजार ५ सय ४७ जना थप भएको निर्वाचन आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिए । चौधरीका अनुसार कैलाली जिल्लाकै हकमा ६ सय १९ वटा मतदान केन्द्र र २ सय ३६ ओटा मतदान स्थल कायम गरिएका छन् ।  

त्यस्तै, सुदूरपश्चिम प्रदेश भरी ११ सय ३५ मतदान स्थल र २ हजार १ सय ३ ओटा मतदान केन्द्र बाट निर्वाचन मा सहभागी हुने ८ लाख ८० हजार ६ सय ८२ जना पुरुष, ८ लाख ३१ हजार ४ सय ७० जना महिला र १८ वटा अन्य गरी जम्मा  मतदाताको सङ्ख्या १६ लाख ३२ हजार १ सय ५२ जना रहेको चौधरीले जानकारी दिए । 

अहिले देशैभर स्थानीय तहको निवार्चनको तयारीमा दलहरूले आफ्नो कामकारबाही अगाडी बढाएका छन् भने देश निर्वाचन मय बन्दै गएको छ ।