भारतमा डोेटीका एकजना युवक मृत भेटिए, हत्याको आशंका

भारतमा डोेटीका एकजना युवक मृत भेटिए, हत्याको आशंका

धनगढी । भारतमा डोटीका एकजना युवक मृत भेटिका छन् । रोजगारीका लागि भारतको मुम्वै गएका डोटीको शिखर नगरपालिका-७ लाटामाडौं गिल्ला दानकोट घर भएका टेक लुहार मृत अवस्थामा भेटिएका हुन् ।

सुत्ने कोठामा बिस्तारामाथि घुँडा टेकेर कपडाले घाँटीमा बाधिएको अवस्थामा उनको शव भेटिएको आफन्तले बताएका छन् । घटनाको प्रकृति हेर्दा युवकले आत्महत्या गरेको नभई युवकको हत्या गरिएको हुनसक्ने मृतक युवकका गाउँलेहरूले बताएका छन् ।

दोषीलाई कार्वाहिको माग गर्दै नेपाल तथा भारतमा रहेका युवकका गाउँलेहरूले सामाजिक सञ्जालमा लेखेका छन् । उनीहरूले यदि आत्महत्या नै भए पनि उचित छानबिनको माग समेत माग गरेका छन् । 

मृतक लुहार श्रीमती सहित मुम्बई, वापि भन्ने ठाउँमा बस्दै आएका थिए । शरीरमा देखिएको रगत, घाँटीमा बाँधिएको डोरी र बिस्तरामा घुँडा टेकिएको हेर्दा यो सरासर हत्या हो भन्दै गाउँलेहरूले दोषीलाई कार्वाहिको माग गरेका छन् । 

मृतक लुहारका परिवारका सदस्यहरू नपुग्दै लासको पोष्टमार्टम गरिनु र लास जलाउनुले घटनामा झनै शङ्का गर्ने ठाउँ देखिएको मृतकका एक गाउँलेले बताएका छन् । आफन्तले घटनाको सत्यतथ्य अनुसन्धान गर्न मुम्वैमा भएका सुप समाज, नेजस भारत, एकता समाज तथा अन्य संगठनलाई अनुरोध गरेका छन् ।