परिवार दल र एमाले कंचनपुर बिच उम्मेदवार टुंगो लगाउन छलफल

परिवार दल र एमाले कंचनपुर बिच उम्मेदवार टुंगो लगाउन छलफल

धनगढी । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि नेपाल परिवार दल र नेकपा एमाले बिच दोस्रो भेट्वार्ता सम्पन्न भएको छ।

दुई पार्टी बीच चुनावी गठबन्धनको सम्बन्धमा जिल्ला समन्वय समिति कंचनपुरले अध्यन र छलफल गरेर अगाडि बढ्ने भएको छ।

उक्त बैठकमा नेपाल परिवार दलका तर्फबाट जिल्ला समन्वय समितिका अध्यक्ष प्रेम परियार , कोषाध्यक्ष वीर बहादुर रावल , जिल्ला  सचिव शहदेव भट्ट सदस्य गौरी एस के पिस फोर्सका कंचनपुर सह सचिव सावन जैरु, पिस फोर्स के अ उपाध्यक्ष समीर सेवा, सुदूरपश्चिम प्रदेश सयोजक खडक नागरी, पिस फोर्सका केन्द्रीय सदस्य  उपस्थिति रहेको थियो भने नेकपा एमालेको तर्फबाट जिल्ला समन्वय समितिको उपाध्यक्ष लक्ष्मी बुढा र फैरु तामाङ, उप सचिव करन बहादुर चन्द को उपस्थिति रहेको थियो। 

गठबन्धनको विषय सकारात्मक रहेको साथै स्थानीय निर्वाचनमा सहकार्यको साथ अगाडि बढ्ने पार्टी उपाध्यक्षले बताए। अगामी दिनमा दुई पार्टी बिचको गठबन्धन लाई अझ बलियो बनाउदै लैजाने दुबै पक्षको सहमतिका साथ बैठक सम्पन्न भएको छ ।