कैलालीमा ट्रक दुर्घटना : एकको मृत्यु, एकजना घाइते

कैलालीमा ट्रक दुर्घटना : एकको मृत्यु, एकजना घाइते

धनगढी । कैलालीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मोहन्याल गाउँपालिका ५ सिहासन सामुदायिक वन नजिकैको सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ गइरहेको म १ क ४०७ नम्बरको खालि ट्रक आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा चालक थम्मन प्रसाद सापकोटा रहेका छन् । उनको ट्रक मुनि च्यापिएर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै दुर्घटनामा परेर सहचालक गोबिन्द गुरूङ घाइते भएका छन् । उनको धनगढीमा उपचार भइरहेको छ । ट्रक सडक भन्दा करिब १२० मिटर तल खसेको प्रहरीले जनाएको छ ।