एनसेलले ल्यायो 'इन्डलेस कम्बो प्याक', यस्ता छन सेवाहरु

एनसेलले ल्यायो 'इन्डलेस कम्बो प्याक', यस्ता छन सेवाहरु

नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले अझै सुलभदरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरू सञ्चालनमा ल्याएको छ ।

योजना वैशाख ५ बाट सञ्चालनमा आएको छ । यो योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले कर सहित रु २५ मा बिहान ५ बजे देखि साँझ ५ बजे सम्म प्रयोग गर्न सकिन डे कम्बो प्याक र बेलुका १० बजे देखि भोलिपल्ट बिहान ७ बजे सम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

डे कम्बो प्याकअन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेट टक टाइम (अन्यकुनै पनि सेवा प्रदायकको नम्बरमा कल गर्न सकिने) प्राप्त गर्दछन् ।

बेलुकाको समयमाभ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले २५० एमबी डेटा र २५० मिनेटको अल नेट टक टाइम भएको आकर्षक कम्बो प्याकमात्र रु २५ मा सुचारु गर्न सक्छन् ।

सुलभ दरमा आफ्ना ग्राहकलाई भ्वाइस तथा डेटा सेवाप्रदान गर्ने आफ्नो प्रतिवद्धताअनुरूप एनसेलले यी आकर्षक कम्बो प्याकहरू ल्याएको जनाएको छ ।