सयका १० वटा नोट तीन पटक गन्न नसकेपछि मन्डपबाटै दुलहा फर्काइदिइन् बेहुलीले

सयका १० वटा नोट तीन पटक गन्न नसकेपछि मन्डपबाटै दुलहा फर्काइदिइन् बेहुलीले

कहिलेकांही त विवाहका घटनाहरु पनि अनौठो तरिकाले बाहिर आएका हुन्छन् । झन्, भारतमा त यस्ता घटना कति धेरै आउँछन् कति !

त्यस्तै एउटा घटना भएको छ, मधुबनी जिल्लामा । त्यहाँ एक बेहुलीले बेहुला अशिक्षित भएकाले विवाह इन्कार गरिदिएकी छिन् । उनले यस्तो इन्कार पनि विवाहको मन्डपमा नै गरेकी हुन् । 

यो १३ मार्चको घटना हो । विवाहको मन्डपमा बसिसकेका बेहुला र बेहुलीबीच वरमाला भयो । मन्डपमा बेहुला र बेहुली कुराकानी गरिरहेका थिए । त्यति नै बेला बेहुला अशिक्षित भएको बेहुलीलाई आशंका लाग्यो । अनि उनले बेहुलासँग केही प्रश्नहरु सोधिन् । तर, बेहुलाले कुनै पनि जवाफ दिन सकेनन् । 

त्यति मात्र होइन, बेहुलीले बेहुलालाई सयका दस वटा नोट गन्न दिइन् । तर, बेहुलाले राम्रोसँग गन्न सकेनन् । तीन पटक प्रयास गर्दा पनि बेहुलाले सही गन्न नसकेपछि बेहुलीले त्यहाँ नै उनीसँग विवाह नगर्ने बताइदिइन् । 

तर, उनको विवाह चाहिँ त्यही मन्डपबाट भयो । एक व्यक्ति जो जन्ती भएर आएका थिए, उनले बेहुलीको हिम्मत देखेर आफ्ना छोरासँग त्यहाँ नै विवाह गरिदिए । ती नयाँ बेहुला त पढेका थिए, ती बेहुलीले पनि उनको प्रस्ताव स्वीकार गरिदिइन् ।