सेती प्रयोगशालामा थप दुई जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा थप दुई जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप दुई जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २२ नमुना परीक्षण गर्दा थप दुई जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा थप एकजना संक्रमित विरामी अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा दुईजना संक्रमित विरामी उपचाररत छन् ।