कैलालीमा माओवादीको क्रान्तिकारी पार्टी ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रम [फोटोफिचर]

कैलालीमा माओवादीको क्रान्तिकारी पार्टी ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रम [फोटोफिचर]

कैलाली । बृहत् ध्रुवीकरण अभियान अन्तर्गत कैलाली जिल्लाका हजारौं पूर्व माओवादीहरु माओवादी केन्द्रमा फर्केका छन् ।

आज कैलालीको मसुरियामा आयोजना गरिएको बृहत् ध्रुवीकरण तथा एकता कार्यक्रममा जनता समाजवादी, विप्लव नेकपा र नेकपा एमालेमा रहेका पूर्व माओवादीहरु केन्द्रमा फर्केका हुन् ।

उनले माओवादी केन्द्र २०६४ सालकै अवस्थामा फर्कन लागेको भन्दै दिनहुँ विभिन्न पार्टी परित्याग गरेर माओवादी प्रवेश गर्नेहरुलाई स्वागत गरिरहेका छन् । प्रचण्डले माओवादी केन्द्रमा गोलबन्ध हुने क्रम तिब्र हुने बताउने गरेका छन् ।

मसुरियामा आयोजना गरिएको बृहत् ध्रुवीकरण तथा एकता कार्यक्रममा कैलाली र कञ्चनपुर जिल्लाबाट जनता समाजवादी पार्टी, विप्लव र एमालेबाट हजारौं कार्यकर्ता माओवादीमा प्रवेश गरेको बताइएको छ ।

जनता समाजवादीका प्रदेश अध्यक्ष कृष्ण चौधरि यसअघि नै माओवादीमा प्रवेश गरेका थिए । उनीहरुलाई भव्य समारोहकाबीच अध्यक्ष प्रचण्डले स्वागत गरेका छन् ।

May be an image of 1 person and standingMay be an image of one or more people, people standing, crowd and outdoorsMay be an image of one or more people, people standing, outdoors and crowdMay be an image of one or more people, outdoors and crowd